एमाले गण्डकी प्रदेशको अधिवेशनको तयारी पूरा, प्रतिनिधि राख्न २१ होटल बुकिङ

पाेखरा | असोज १४, २०८०

एमाले गण्डकी प्रदेशको अधिवेशनको तयारी पूरा, प्रतिनिधि राख्न २१ होटल बुकिङ

पोखरा:   नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको तयारी पूरा भएको छ । पोखरामा सोमबार हुने प्रथम अधिवेशनको तयारी पूरा भएको प्रदेश अध्यक्ष नवराज शर्माले बताए । 


उनले पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको समेत बताए ।‘अहिले सातै प्रदेशको प्रथम अधिवेशनमा पार्टी लागिरहेको छ, केही प्रदेशमा सम्पन्न भएको छ, केहि प्रदेशमा बाँकी छ, शर्माले भने, ‘गण्डकीको प्रदेशको प्रथम अधिवेशन पोखरामा भोलि सञ्चालन हुँदै छ, पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।’

 


यस्तै प्रचारप्रसार उपसिमितिका संयोजक तथा गण्डकी उपसचिव रश्मि आचार्यले अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट ९ सय ७ जना प्रतिनिधि छनोट भएर पोखरा आएको बताए । उनका अनुसार अधिवेशनका लागि आएका प्रतिनिधि राख्न पोखरामा २१ वटा होटल बुकिङ गरेको छ । 


नेकपा एमाले गण्डकीको प्रदेशको प्रथम अधिवेशनमा पोखराको हस्पीटल चोक, औद्योगिक क्षेत्र (शिव चोक), बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा उद्घाटन सत्र सञ्चालन हुने उनले जानकारी दिए । आचार्यले इलेक्ट्रिक मेसिनको प्रयोगमा मतदान गर्ने तयारी गरिएको बताउदै अधिवेशन सम्पन्न गर्न करिब ८० लाख खर्च हुने अनुमान गरिएको बताए । 


नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशनबाट सर्वसहमतिबाटै नेतृत्व चयन गर्ने प्रयन्त्र गरिरहेको बताए ।


‘पार्टी भित्र हामीले लोकतन्त्रको अभ्यासपनि चलाइरहेका छौं, सके सम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयत्न गरेका छौं’, विष्टले भने, ‘प्यानल बनाएर उम्मेदवारी दर्ता गर्न दिदैंनौ, यसले पार्टीलाई कमजोर बनाउँछ, सकेसम्म सहमतिमै नेतृत्व चयन गछौं ।’

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्